देश

मल भण्डारण र वितरणको समस्या ज्यू का त्यू, कृषकहरुलाई मल र हाल्ने प्रक्रिया सिकाइने (भिडियोसहित)


काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ । सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले मलको गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए । मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले मल भण्डारण र वितरण भएको समस्या समाधन हुनुपर्ने बताए ।

उनले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए । उनले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताए । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताए । उनले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताए । कृषि सचिव आचार्यले सबैलाई राम्रो काम गरेर देखाउन पनि अनुरोध गर्दै कृषकहरुलाई आवश्यक मल र हाल्ने प्रक्रिया सिकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए । उनले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याए । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उनले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरुको भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए । उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे । उनले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने आँैल्याए ।

प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिए । उनले बिक्री वितरणमा सुशासन महत्वपूर्ण पाटो भएको बताउँदै उक्त जिम्मेवारी बोध गरेर निर्देशिका बमोजिम कम्युटरकृत गर्नुपर्ने बताए ।