समाचार

मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु ल्याइयो


काठमाडौँ – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा मलेसियामा काम गर्न गएका नेपालीहरुको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । उनीहरुको शव वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव शनिबार क्वालालम्पुरको नियमित उडानमार्फत नेपाल ल्याइएको हो । यी शवहरु आज नै आफन्तको जिम्मा लगाइएको छ ।

परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।