राजनीति

मन्त्री झाँक्री वीर अस्पताल भर्ना


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीबाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई मौसमी ज्वरो आएपछि बुधबार राति वीर अस्पतालमा भर्ना गरिएको हो ।

मन्त्री झाँक्रीको सचिवालयले जनाए अनुसार उनको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेको उनको सचिवालयले जनाएको छ ।