मनोरञ्जन

मनोजले गरे दोस्रो विवाह,काल्पनिक समाचार नबनाउन आग्रह


काठमाडौँ – नेपाली हास्य क्षेत्रका चर्चित कलाकार मनोज गजुरेल पुन विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।

मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । उनको यो दोस्रो विवाह हो । उनले चार वर्ष अघि पहिलो श्रीमति मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।