Breaking

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम शनिबार


काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार ल्याउने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यही जेठ २१ गते प्रदेश सभा सचिवालयमा प्रस्तुत गर्न लागेको हो ।

बजेट अधिवेशन यही जेठ १९ गते आह्वान गरिएको छ । जेठ २१ गतेको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता र थप कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षा, सिचाई तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले जानकारी दिए ।

वैदेशिक रोजगारबाट फर्केका युवालाई प्रदेशमै रोजगारीका लागि अनुदान, कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नेलगायत कार्यका लागि अनुदानमूलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी समेटिने बताइएको छ ।