समाचार

भैरहवाबाट काठमाडौँ उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण


काठमाडौँ – भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ ।

खराब मौसमका कारण काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

बिहान सवा ६बजे उड्नुपर्ने विमान ७:३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ ।

बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।