राजनीति

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको छ । च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउनुभयो ।

हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ओलीले भन्नुभयो, अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, । अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको बताउनुभयो ।