खेलकुद

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, यस्तो छ रोचक खेल विश्लेषण


काठमाडौँ – यतिवेला युएई र ओमानमा टी–ट्वान्टी विश्वकप क्रिकेट आयोजना भै रहेको छ । जसमा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तानबीच आइतबार जम्काभेट हुदैछ । जहिल्यै चर्चा हुने यी दुई राष्ट्रबीचको खेललाई खेलप्रेमीले प्रतिक्षा गरिरहेका छन् ।

आइतबार पाकिस्तान र भारतबीच टी–ट्वान्टी विश्वकप क्रिकेटमा भेट हुदैछ । खेल होस यात दुई राष्ट्रविचको द्वन्द नै किन नहोस, पाकिस्तान र भारत विच जहिलै चर्चा हुने गर्छ । सन् २०१९ को एकदिवसीय विश्वकपपछि पाकिस्तान र भारतबीच कुनै पनि क्रिकेट खेल भएको छैन । विभिन्न विषयलाई लिएर भारत र पाकिस्तानबीच निरन्तर विवाद चलिरहदाँ यसको असर खेल क्षेत्रमा पनि पर्ने गरेको छ । त्यसै कारण पछिल्ला वर्षहरुमा आईसीसीको प्रतियोगिता बाहेक पाकिस्तान र भारतले एकअर्काविरुद्ध क्रिकेट खेल्ने गरेका छैनन् ।