देश

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई


काठमाडौँ — जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले नेपालले भारतसँग सुघौली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्ने आवश्यकता देखिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनु पर्ने भएको बताए । उनले नेपालमा सुधौली सन्धिभन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताए ।अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्न गरेको दाबी गरे । भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताए ।

सरकारले भारतसँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनु पर्ने भन्दै उनले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सबै परनिर्भर भइरहनु पर्ने बताए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताए । अर्थनीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए ।