पर्यटन

भारतमा हिमपहिरोमा परी ४ आरोहीसहित १० को मृत्यु


काठमाडौँ – भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको छ ।

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट ९४,८८० मिटर० अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

‘फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्’, राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले भने, ‘हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौं ।’

जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ । उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरू पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो ।