कोरोना विशेष

भारतमा पनि देखियो ओमिक्रोन


काठमाडौँ – दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएको छ । नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन बैठक बोलाएर आवश्यक सतर्कता अपनाउने नीति लिएका छन् ।

अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न मोदीले अधिकारीहरूलाई निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेका छन् । भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने तयारी गरेको बताइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।