विदेश

भारतको महाराष्ट्रमा लगातार वर्षा, १ सय २९ जनाको गयो ज्यान



काठमाडौँ – भारतको महाराष्ट्रमा केही दिनयता लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परि २९ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुगेको छ । कयौँ मानिसहरु पहिरोमा फसेका छन् ।

पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ । रेलवेको पुल डुबेका कारण कम्तीमा ६ हजार मानिस अलपत्र परेको बीबीसीले जनाएको छ । पछिल्लो केही दिनयता महाराष्ट्रको कोकण क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

जसका कारण विभिन्न जिल्लामा बाढी र पहिरो जाँदा जनधनको क्षति भएको छ । लगातारको पानीका कारण विशेष गरी ६ वटा जिल्लाको जनजीवन बढी प्रभावित भएका छन् ।