देश

भायानेटको ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अफर


काठमाडौँ – भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ । यो दसैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको मि एन्ड्रोइड टिभीमा भारी छुट दिन भायानेटले भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर ल्याएको हो।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।

त्यसैगरी, साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एन्ड्रोइड टीभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा २२५ सम्म छुट पाउन सक्नेछन् ।