Breaking

भरतपुर महानगरपालिकामा पछि परे विजय सुवेदी


भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार २०२० मतको अग्रता बनाएकी हुन् ।

हालसम्म ३०५५४ मत गणना गर्दा दाहालले १११९५ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत पाएकी छन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३३५५ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४४३ मत पाएकी छन् ।