Breaking

ब्ल्याक टि र ब्ल्याक कफी, कुन बढी फाइदाजनक ?


काठमाडौँ — झमझम गरी पानी परिरहेको बेला झरीको मधुर संगीत सँगै एक कप कफीको चुस्की लिन पाए कस्तो हुन्थ्यो होला ? अझ किताब पढ्दै गर्दा हातमा चियाको कप समात्न पाउदाँ तपाई कस्तो महसुस गर्नुहुन्थ्यो होला ?

हो, त्यो चिया वा कफी नै हो, जसको अभावमा तपाई आफ्नो जीवन नै अपुरो भएको महसुस गर्नु हुन्छ । त्यसैले त, चिया वा कफीलाई हाम्रो दैनिकीको अभिन्न अंग पनि भन्ने गरिन्छ ।

हुन त चिया (टी) वा कफी पनि फरक फरक हुन्छ ।

कसैलाई चियामा पनि ग्रीन टी मनपर्छ भने कसैलाई ब्ल्याक टी मनपर्छ । कोही क्यापुचिनो मनपराउँछन् त कोही ब्ल्याक कफीका सौखिन हुन्छन् ।

मानिसको सौख जे जस्तो भएपनि दिनको सुरुवातमा उनीहरुलाई चाहिने भनेको व्लाक टी वा ब्ल्याक कफी नै हो । विहानको समयमा ब्ल्याक टी वा कफीको सेवनले शरीरलाई उर्जा प्रदान गर्छ । साथै, यसले विहानको समयमा निद्रा खुलाउन समेत मद्दत गर्छ ।

त्यसैले पनि यो स्वास्थ्यको लागि लाभदायिक त मानिन्छ । यद्यपी, ब्ल्याक टी र व्लाक कफीमध्य कुन चाही राम्रो भन्ने सवाल धेरैको मनमा उठ्ने गर्छ । आखिर, ब्ल्याक टी र व्लाक कफीमध्य कुनचाहीँ राम्रो हुन्छ ?

ब्ल्याक टि भर्सेस ब्ल्याक कफीः

ब्ल्याक टीका फाइदा

सबै प्रकारका ब्ल्याक टीमा ‘फ्लेवोनोइड’ नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ, जुन स्याउमा पनि पाइन्छ । ब्ल्याक टीमा अरु भन्दा बढी एन्टीअक्सिडेन्ट तत्व हुने भएकोले यसले एलर्जी, सुजन, पार्किन्सन्स तथा अल्जाइमर जस्ता गम्भीर रोग विरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

ब्ल्याक टीमा क्याटेचिन भएको कारण यसले क्यान्सर गराउने कोषिकालाई नष्ट गर्नुका साथै मुटु सम्बन्धि रोग लागनबाट समेत जोगाउँछ । त्यतिमात्र हैन, यसले प्लेगको व्याक्टेरिा मार्न मद्दत गर्नुका साथै इन्फ्लामेशन कम गरी हड्डी मजबुत बनाउँछ ।

जहाँसम्म कैफिनको कुरा छ, ब्ल्याक टीमा कफीको तुलनामा कैफीनको मात्रा झण्डै आधाले कम छ । र, ब्ल्याक टीमा कैफीनको मात्रा कम भएकै कारण यसले शरीरलाई उर्जावान तथा सक्रिय राख्न मद्दत गर्छ । त्यतिमात्र हैन,ब्ल्याक टीले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्नमा सहायक भूमिका खेल्छ, जसका कारण वजन समेत कम हुन्छ । त्यसका साथै यसमा पाइने फ्लोराइड नामक तत्वले दात तथा मुख स्वास्थ्यलाई स्वस्थ राख्न समेत मद्दत गर्छ ।

ब्ल्याक कफीको फाइदा

ब्ल्याक कफी सेवनले शरीरमा अनेकौ फाइदा निम्त्याउँछ । कफीले शरीरलाई स्वस्थ राख्नुका साथै सक्रिय राख्न मद्दत गर्छ । कफीमा एन्टी अक्सिडेन्ट बाहेक पोटासियम र म्याग्नेसियम पाइन्छ । जसले रोगहरुबाट बच्न मद्दत गर्छ । साथै, भोक कम गर्नुका साथै धेरै खानबाट रोक्छ । यसबाहेक, कफीले रगतमा चिनीको मात्रालाई समेत नियन्त्रित राख्न मद्धत गर्छ ।

कुन चाहीँ राम्रो ?

ब्ल्याक टी र ब्ल्याक कफीको सेवन दुवै स्वास्थ्यका लागि फाइदाजनक छ । यति हो की, यसको सेवन संयमित तरीकाले गर्न जरुरी छ । र, आफू यसको सेवन के का लागि गर्दैछु भन्ने जान्न पनि आवश्यक छ । ब्ल्याक टी र ब्ल्याक कफीमा कैफीनको मात्रा निकै फरक छ । एक कप ब्ल्याक टीमा ४० मिलिग्राम कैफिन हुन्छ भने एक कप ब्ल्याक कफीमा कैफीनको मात्रा ८० मिलिग्रामसम्म हुन्छ । र, कैफिनको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

त्यसैले, वर्कआउट भन्दा पहिले नै इनर्जी बुस्ट गर्न चाहनेहरुका लागि कफी एक राम्रो विकल्प हुनसक्छ । तर शरीरीक आलस्यता हटाउन चाहने र शरीरमा हल्का गर्माहट चाहनेले भने ब्ल्याक टीको सेवन गर्नु उपयोगी हुनसक्छ ।