समाचार

बौद्ध दुर्घटनाका घाइतेको पहिचान हुन सकेन


काठमाडौँ — काठमाडौँ— ६ बौद्धटुसाल सडकमा माइक्रोबसको ठक्करबाट घाइते भएका एक युवाको अझै पहिचान खुल्न सकेको छैन ।

शुक्रबार बिहान १०ः४० बजे घाइते अवस्थामा फेला परेका उनको अझैसम्म होस खुल्न नसकेकाले उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्दाजी २८ वर्षको देखि युवाको हाल काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भई रहेको महानगरिय प्रहरी बृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

बाटो काट्ने क्रममा उनलाई बा।१ज ८७५५ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई चिन्नेले सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।