समाचार

बोटका नयाँ उपकरणहरू अब नेपाली बजारमा


काठमाडौँ – बोटले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरू नेपाली बजारमा लन्च गरेको छ ।

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू नेपाली बजारमा लन्च गरेको कम्पनीले जानकारी दिएकाे छ ।

स्क्वायर डायल भएको वेभ प्रो ४७ चाँडै सार्वजनिक गर्नेछ । यसमा १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । वेभ प्रो ४७ मा भएको आईपी ६७ रहेको छ । जसले गर्दा यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउने कम्पनीले बताएकाे छ । यसको मूल्य ६ हजार ४९९ रहेको छ ।

यस कम्पनीले नयाँ संस्करणको ‘बोट एक्सटेन्ड स्पोर्ट’ स्मार्टवाच पनि लन्च गरेको छ । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् । यो स्मार्टवाच ३० मिनेटमै पूर्ण चार्ज हुने कम्पनीले जनाएको छ ।

यो स्मार्टवाच स्पोर्टी १.६९ एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १००+ फेस अप्सन छन् जसले ‘तपाईंको भाइबलाई तपाईंको घडीसँग हरेक दिन मिलाउन मद्दत’ गर्ने कम्पनीकाे भनाइ छ । यसको मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड-रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस पनि ल्याएको छ । यी दुवैको मूल्य ३ हजार ३९९ देखि ३ हजार ४९९ रुपैयाँ रहेको छ ।

नेपालमा स्मार्टवाचको उच्च मागले गर्दा बोटको स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम भएको टेलिटक प्रालीका कार्यकारी निर्देशक प्रतीक जालानले बताए ।