बिजनेस

बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ – सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ ।

बैंकका कर्मचारीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यो रिटलाई ४५ दिनभित्र सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ । यसअघि यो रिटमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा न्यायाधीशबीच राय बाझिएपछि तीन न्यायाधीशको पूर्ण इजलासमा पेश भएको थियो ।