Breaking

बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको छु: मोदी


काठमाडौँ – छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धभूमि आउन पाउदा खुशी लागेको अभिव्यक्ति दिएका छन् । सोमबार बिहान भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको छु’ ।

आज बिहान साढे १० बजे भैरहवामा आइपुगेका उनलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर थिए । त्यहाँबाट मोदी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् ।
मोदी आजै देखि व्यवसायिक उडान थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवा नजिकै निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।