देश

बिबी लिम्बु र बिन्दु राईको स्वरमा ‘आकाशैमा जुन’ म्युजिक भिडियो सार्वजानिक


काठमाडौँ — जीत लिम्बुको शब्द संगित र किृष्णभक्त राईको एरेन्जमा रहेको ‘आकाशैमा जुन, धरतीमा तिमी नम्बरी सुन’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । आज (शुक्रवार) अनामनगर स्थित एक कार्यक्रम गर्दै रोमियो फिल्मस् युट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजानिक गरेका हुन् ।

यस अघि पनि बिनायो कङकङ. के छ समाचार. हावा सरर. धानैमा नाचौं सोल्टिनी. सुपारी खांदै कुटुकै. लगायत सयौं गित शब्द संगित भरीसकेका जीत लिम्बु यो गितमार्फत पनि सफल्ता पाउनेमा ढुक्क रहेको कार्यक्रम मार्फत जानकारी दिए । यस गितमा बिबी लिम्बु र बिन्दु राईको स्वर रहेको छ । गित रेकर्ड भने संङकरा स्टुडियो मार्फत रेकर्ड गरेका थिए ।

रेकर्डिस्ट सागर पुन, मिक्समा कुमार सानु पुन, र मुख्य अभिनयमा मोडल सोनिया लिम्बु, तिलक दाहाल, र सिता कुमारी तुम्बापो, माधब सुनुवार, छायांकनमा डम्बर राई, बिबी लिम्बू, श्रृङ्गारमा यमुना पाण्डे, सम्पादन बिबी लिम्बू, डिजाइन पर्शु थलङ, डि: आई टेकेन्द्र शाह, नृत्य निर्देशक छबि थापा, निर्देशक प्रकाश लिम्बू रहेका छन् ।


भिडियो