Breaking

बालेन शाहले १० हजार मत कटाए, स्थापित पछ्याउँदै


काठमाडौँ — काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन् ।

गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि बढाउँदै लगेका छन् ।

१० हजार २ सय ४१ मत पाएका बालेनले एमालेका केशव स्थापितलाई ४७ सय ८८ र कांग्रेसकी सिर्जना सिंहलाई ५४ सय ९९ मतले पछि पारेका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रियसभागृहमा कडा सुरक्षाबीच मतगणना भइरहेको छ ।