Breaking

बालेनको ६ हजार मत कट्यो, स्थापितभन्दा निकै अगाडी


काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म साह पहिलो स्थानमा छन् ।

दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ३२४३ मत प्राप्त गरेका छन् । सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २८८५ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।