Breaking

बालेनको विजयी घोषणा अघिनै राष्ट्रियसभागृह अगाडि खुसीयाली


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुँदैछन् । त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् । बालेनको विजय घोषणालगत्तै धन्यवाद र्याली समेत गरिँदैछ ।