Breaking

बालेनको बिजोग बनाउँदै स्थानीय, चुनावमा साथ नदिने भएपछि बालेनविरुद्ध सायमी, कोर–सिटीमा विरोध


काठमाडौँ — जसले बालेन शाहलाई भोट दियो र काठमाडौँ महानगरपालिकाको नेतृत्वमा पु¥याए ।आज उनीहरु नै बालेन शाहका विरुद्ध सडकमा आगो बालिरहेका छन् । हिजो बालेनलाई भोट लिएर जिताउनेहरु नै अहिले बालेनलाई खेद्न लागि परिरहेका छन् । काठमाडौंको भित्री बस्तीमैै बालेनले डोजर चलाएपछि स्थानीय आक्रामक बनेका हुन् ।

असनक्षेत्रभित्रको बांगेमुढामा शनिबार राति स्थानीयले काठमाडौंका मेयर बालेन शाहको तस्बिर अंकित पोस्टर जलाए ।नाराबाजी गरे । चर्काे प्रदर्शन गरे । हात हातमा आगोको राको बालेर बालेन मुर्दावादको नारा लगाए । स्थानीयको विरोध यतिसम्म उग्र बन्यो कि सायद, महानगरको कल्पनाभन्दा बाहिर थियो ।

भन्नलाई खबरदारी भनिएपनि बालेनका विरुद्ध मसाल जुलुस नै निकालेका स्थानीयले बांगेमुढा, नरदेवी, क्षेत्रपाटी र थहिति लगायतका क्षेत्र परिक्रमा गर्दै प्रदर्शन गरेका थिए । शुक्रबार राति स्थानीय सामुदायिक भवनमा महानगरको डोजर चलेपछि रिसले आगो बनेका स्थानीयले बालेनको तस्बीरमाथि आगो लगाएका हुन् ।
बाइट…नरेशवीर शाक्य, सामाजिक अभियन्ता

रोचक त केछ भने, काठमाडौं महानगरको नेतृत्वमा बालेन विजयी भएसँगै धन्यवाद ¥यालीमा कुम जुधाएर हिडेका सुमन सायमी पनि विरोधमा उत्रिएका छन् । बालेनले स्थानीयको भावनामाथि प्रहार गरेको भन्दै सायमीले अझै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

महानगरको मेयरमा पराजित भएपछि सायमी यतिबेला प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । काठमाडौं ८ बाट उम्मेदवारी घोषणा गरेका उनले बालेनलाई जिताएको लौरो चिन्हबाटै चुनाव लड्ने दाबी गरि प्रचार पनि गरिरहेका छन् । तर कुनै बेला बालेनको जितलाई उत्सवका रुपमा मनाउन पुगेपछि सायमी बालेनकै कित्तामा पुगेको चर्चा भएको थियो ।

बालेनले प्रतिनिधिसभाको चुनावमा साथ दिनेमात्रै होइन, प्रचारमा पुगेर जिताउन पनि भूमिका खेल्ने धेरैको आकलन थियो । तर पछिल्लो समय सायमीका कुरा बालेनले सुन्नै छोडेपछि विरोधमा उत्रिएकोकतिपयको बुझाई छ । यसले उनलाई आगामी निर्वाचनमा असर नगर्ला भन्न सकिन्न ।

केही समयअघि बालेनले फुटपाथलाई व्यवस्थित बनाउने अभियान चलाएका थिए ।त्यसपछि अवैध संरचनामाथि भकाभक डोजर चलाए र अन्टरग्राउण्ड पार्किङ खोतल्न थाले । यी अभियानमा सफल नै देखिएका बालेनलाई टुकुचा खोज्ने अभियानमा भने ढुंगा लाग्यो । अहिले नक्सा नभएपनि समुदायिक प्रयोगका लागि निर्माण गरिएको भवन भत्काउन थालेपछि स्थानीय नै उनको विरोधमा उत्रिएका छन् ।

आफ्ना बाधकहरुको छेको हेर्दै धमाधम संरचनाहरु भत्काउन थालेका बालेन कोर सिटीमै पसेका छन् । अब सबैभन्दा ठूलो बाधक उनले स्थानीयबाट खेप्नुपर्ने भएको छ । किनकि काठमाडौंको कोर सिटी अर्थात भित्रि सहरबाटै सुरु भएको गुठी आन्दोलनले सरकार हल्लाएको थियो । महानगर हल्लाउन रत्तिभर समय लाग्ने देखिदैन ।किनकि अहिले बालेनविरुद्धका स्वरहरु एकजुट हुँदैछन् ।