समाचार

बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी


काठमाडौँ – काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो । अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइए र आगोलाई नियन्त्रणमा लिने प्रयास रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

आगलागी कसरी सुरू भएको खुलिसकेको छैन । चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।