राजनीति

बालबालिकाका लागि दशैंसम्ममा एक लाख खोप ल्याइने


काठमाडौँ – १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप आउँदो दसैँसम्म आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्राथमिकतमा राखेर फाइजर र मोडेर्ना खोप ल्याउन लागेको जानकारी दिएको हो ।

आज शुक्रबार चितवन पुगेका मन्त्री श्रेष्ठ भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको छ । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने र फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको उनले बताए ।

आउँदो कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने उनको भनाइ छ । पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने गरी अहिले कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।