Breaking

बाराको अमलेखगंजमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


काठमाडौँ — पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएर हेटौँडा अस्पताल ल्याइएको ५ महिला तथा ७ पुरुष गरि १२ जना तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको बताए ।