Breaking

बाबुरामले चाले नसोचेकै कदम, चुनाव नलड्ने घोषणा, प्रचण्डका लागि बाबुरामको ठूलो त्याग


काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

निर्वाचनको व्यापक तयारी गर्दा गर्दै भट्टराईले किन यस्तो घोषणा गरे त ? २०७२ असोज ३ गते संविधान जारी भएपछि युद्धकालिन मोर्चाबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्र छाडेर डा. बाबुराम भट्टराई नयाँ राजनीतिक दल खोल्न तिर लागे । तर नयाँ शक्ति नामको त्यो पार्टी कमजोर मात्रै बनेन, आफ्नै अस्तित्व जोगाउन हम्मे हम्मे परेपछि भट्टराई जातीवादी हुँदै मधेसवादी दलसंग विलय हुने पुगे ।

यहाँसम्म आइपुग्दा डा. भट्टराई कति अस्थिर, कति अधैर्य र कति बेटुंगोका राजनीतिक प्राणाी रहेछन् भन्ने धेरैले नाडी छामिसकेका थिए । मूल पार्टी भित्रै नेतृत्वसंग स्वस्थ राजनीतिक लडाइँ गर्न नसकेपछि भट्टराई अलग भएका थिए तर बैकल्पीक शक्ति निर्माण गर्दै पुन राज्यको नेतृत्व लिने उनको सपना जसपा फुटेसंगै चकनाचुर भयो । जनयुद्धको रापताप मात्रै होइन २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा धेरै मत अन्तरले विजयी हुने सौभाग्य पाएर लोकप्रिय बनेका भट्टराईको राजनीतिक जीवन १५ वर्षमै यो रसातलमा पुग्ला भनेर सम्भवत स्वयम उनले पनि कल्पना गरेका थिएनन् ।


उनी नेसपाको अध्यक्ष बनेपछि आगामी मंसिर ४ को निर्वाचनका लागि अन्तिम सुत्र प्रयोग गर्दै थिए । उनले साउन २९ गते आफ्नो मुल नेता पुष्पकमल दाहाल प्रचण्डसंग उनकै घरमा पुगेर आगामी निर्वाचन हसिया हथौडाबाटै लड्नका लागि सहमति गरेका थिए । यो सहमतिलाई बाबुरामको आगामी निर्वाचनको अस्त्रको रुपमा धेरैले विश्लेषण गरेका थिए । किनकी देशभर स्वतन्त्र दावी गर्दै युवाहरुको बढ्दो उम्मेदवारी लहर, बालेन शाह र हर्क साङपाङहरुको बढ्दो लोकप्रियताको प्रभाव, दल र नेताहरुप्रति जनताको खस्कदो विश्वासका कारण डा. भट्टराई भयभित थिए । उनले त्यो भय संसदको अन्तिम दिन रोष्टममै उभिएर पोखेका थिए ।

२०६४, ७० र ७४ मा गोरखा २ बाट प्रतिनिधिसभामा लगातार विजयी बनेका भट्टराई यस पटक पनि चुनाव उठ्ने र विजयी हुने मनसाय सहित तयारीमा थिए । तर एकाएक उनले सामाजिक सञ्जालबाट आफू उम्मेदवार नहुने घोषणा गरेका छन् ।यदी यो घोषणा मनोनयन दर्ता अगाडीसम्मको राजनीतिक स्टण्ट मात्रै होइन भने भट्टराईजीवनकै उतरार्धमा असफल राजनीतिक यात्राबाट निष्क्रिय बन्न खोजेको हुन सक्छ । एकातिर राजनीतिक उदाहरण पनि देखिने अर्कातिर संधै जितेका भट्टराई आगामी निर्वाचनमा हुने सक्ने अंकगणितको जोखिमबाट पनि टाटै रहने जुक्ति पनि हुनसक्छ । तर उनले आफू मात्रै होइन अन्य पूर्व प्रधानमन्त्रीहरुले पनि आगामी चुनावमा मैदान खाली गर्नु पर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री बन्नु मात्रै सफलता होइन, उनी राष्ट्रिय राजनीतिमा असफलप्रायबने । ठूलो सपना सहित माओवादी केन्द्र छाडेर नयाँ शक्ति निर्माणमा थुप्रै नेता र कार्यकर्ता बोकेर २०७२ सालमा हिँडेका भट्टराई ७ वर्षमा पुनः सोही दलमा उनीहरुलाई ओत लाग्न सहज बनाएर राष्ट्रिय राजनीतिमा ओझेल पर्ने तरखरमा देखिएका छन् । उनले दावी गरे जस्तै सकरात्मक सोँचलाई मनन गर्ने् हो भने भट्टराई मात्रै होइन उनी पुस्ताका हरेक शिर्ष नेताहरुले मैदान खाली गरे नयाँ अनुहार परिक्षण हुने मौका पाउने थिए ।