Breaking

बाबुरामलाई गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक


काठमाडौँ — नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । मंगलबार बालुवाटारमा चुनावी तालमेलबारे छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका थिए । सो भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा बाबुरामलाई गठबन्धनमा ल्याउन सकारात्मक देखिएको स्रोतले बतायो ।

‘मैले पनि सोचिरहेको थिएँ गठबन्धनमा तपाईंहरूलाई पनि सहभागी गराएर जानुपर्छ भनेर, म सकारात्मक छु‘, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘ म एकपटक अन्य दलसँग पनि छलफल गरेर खबर गर्छु ।’ यसैगरी भेटमा बाबुरामले गठबन्धन बनाउन आफूहरूको ठूलो भूमिका रहेको बताए । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी छ’, उनले भने । भेट सकारात्मक भएको र केही दिनमा फेरि छलफल गरी एउटा निष्कर्षमा पुग्ने उनले बताए।