Breaking

बाबुरामजी र म एक ठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन: अध्यक्ष दाहाल


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । अब आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए ।

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजमै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’