राजनीति

बाढी पहिरो प्रभावितको उद्दार र राहतको व्यवस्था गर्न कांग्रेसको माग


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेका जनतालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

देउवाले विपद्का कारण सिर्जित संकटमा उद्धार र राहतका लागि खटिन नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभएको छ । देउवाले सामाजिक सञ्जालमार्फत् विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभएको छ ।

पीडितलाई आवस्यक राहत प्याकेज घोषणा गर्न पनि उहाँले माग गर्नुभएको छ ।