वागमती

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त


काठमाडौँ – बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले बाग्मतीमा यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको छ ।