राजनीति

बागमतीमा नवनियुक्त ३ मन्त्रीले लिए शपथ


काठमाडौँ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलकी उपनेता कुमारी मोक्तान, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण खनाल मन्त्री नियुक्त भएका हुन् ।

मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मोक्तानले यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने भनिए पनि पछि मन्त्रालय परिवर्तन गरिएको हो ।