अर्थनीति

बतासको बचाउमा महासंघ : ‘एकतर्फी चरित्र हत्या र मानमर्दन भयो’


काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा अघि सरेको छ ।

शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो ।