अर्थनीति

बढ्यो सुनको मूल्य


काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

गत शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको आज ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।