अर्थनीति

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

बुधबार चाँदीको मूल्यमा भने गिरावट देखिएको छ । चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो । चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ ।