Breaking

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, स्थानीयले गरे फोहोर बोकेका १४ टिपर तोडफोड


काठमाडौँ — सिसडोल-बञ्चरेडाँडा ल्यान्डफिल साइटमा आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयबासीले फोहोर फाल्न अवरोध गरेका छन् ।

मागलाई बेवास्ता गरेको भन्दै स्थानीयबासीले सिसडोल-बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गरेका छन् ।

आन्दोलनलाई हस्तक्षेप गरेको बताउँदै उनीहरूले महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा टोडफोड गरेका छन् ।

यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।

सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका-१ का बासिन्दाले केही दिनयता फोहोर लैजान रोकेका थिए । स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौं प्रशासन र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।

यसअघि महानगरसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनस् स्थानीयले अवरोध गर्न थालेका छन् ।