Breaking

बझाङ केन्द्र विन्दु बनाएर गयो भूकम्प


काठमाडौँ — बझाङमा आज साँझ ६ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्र विन्दु बनाएर आज बिहान ६ बजेर ३ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भएरनभएको विवरण भने आएको छैन ।