राजनीति

फेरि माओवादी केन्द्रमै फर्किइन् बिमला वली


काठमाडौँ – लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् ।

दुईमहिना अघि माओवादीमै लागेकी वली केही दिनअघि एमालेमा लागेकी थिइन् । आज बिहान माअ‍ोवादीमै फर्किएकी हुन् ।

एमाले नेताहरुको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद बिमला आज बिहानै फरार भई माओवादी सम्पर्कमा पुगेकी हुन् ।

उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन् । ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन् । सबैतिरबाट अप्ठ्यारोमा पर्दै गएपछि मुख्यमन्त्री शंकर पोख्रेलले आज राजीनामा दिने सम्भावना बढेको छ ।