Breaking

प्रधानमन्त्री देउवालाई भेट्न बाबुराम पुगे बालुवाटार


काठमाडौँ — डा बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् । समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।