Breaking

प्रधानमन्त्री देउवाका भाइको निधन


काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।
वीर अस्पतालमा क्यान्सरको उपचार गराईरहेका देउवाका सहोदर भाइ प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।