प्रदेश नं. २

प्रदेश २ मा कांग्रेसका नव नियुक्त तीन मन्त्रीले लिए शपथ


काठमाडौँ – प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेसँगै नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यले मन्त्री पदमा शपथ लिएका छन् । नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरे पछि नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराए हुन् ।


नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् । माओवादी केन्द्र पनि २ मन्त्रीसहित सरकारमा सहभागी हुने बताइए पनि व्यक्ति छनौट र मन्त्रालय विवाद नमिल्दा बुधबार शपथ हुन सकेन ।