प्रदेश नं. २

प्रदेश २ को प्रदेश प्रमुखको जिम्मा हरिशंकर मिश्रलाई,अहिराजलाई हटाइयो


काठमाडौँ – सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई पदमुक्त गरेर महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय आजको बसेको मन्त्रिपरिषद्ले गरेको हो ।

त्यसैगरी बैठकले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।

अनसनरत संैनिकको माग पूरा गराउन कूटनीतिक पहल थालिएको जनाकारी पनि प्रवक्ता कार्कीले दिनुभयो ।