प्रदेश नं. २

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै, सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्तारुढ जसपा विभाजित भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारकालाई कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी र एमाले प्रदेश सभा बैठक अवरुद्ध गर्ने बताएका छन् ।