प्रदेश–१

प्रदेश-१ मा गठबन्धनबाट उम्मेदवारी दर्ता


काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश-१ मा सत्तारुढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।

खुलातर्फ गोपाल बस्नेत, महिलातर्फ जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् ।

बस्नेत नेपाली काङ्ग्रेस, जयन्ती नेकपा एकीकृत समाजवादी र हेमराज राई जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका हुन् । राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला, र अल्पसंख्यक वा अपांग सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।