देश

प्रत्येक दिन ६ सयजना निःशुल्क खाना वितरण गर्दै ठाँगु गुम्बा

एक माहिनका लागि निःशुल्क खाना वितरण


काठमाडौँ – काठमाडौँको ठाँगु गुम्बा अर्थात् नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्रले दैनिक ज्याला मजदुरी गरेर जिविको चलाउँदै आएकाहरुलाई निशुल्क खाना वितरण गर्दै आएको छ । निषेधाज्ञा लम्बिदै जाँदा भारी बोक्ने, घरको काम गर्ने, रिक्सा चलाउने, मजदुरलाई समस्या पर्न थालिसकेको छ ।

निषेधाज्ञा लम्बिदै जाँदा दिनभर ज्याला मजदुरी गरेर जिविको चलाउँदै आएकाहरुलाई सास्ती हुँदा दैनिक ज्यामजदुरी गर्नेहरु सवैभन्दा बढि मार्कामका परेका छन् । ठूला ठूदला व्यापार र व्यवसाय गर्नेहरुलार्य नोक्सानीको चिन्ता होला तर दिनभरी काम गरेर विहान बेलुका छाक टारेर जीवन चलाउनेहरुको व्यथा सुनि साध्य छैन । कस्ले खाना बोकेर आउला र खाउँला भनेर पर्खेर बस्नेहरुको ठूलो् संख्या छ ।

काठमाडौँमा यस्तो वर्गका नागरिकहरु अझ धेरै छ । त्यसो त काठमाडौँको ठाँगु गुम्बा अर्थात् नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्रले दैनिक ज्याला मजदुरी गरेर जिविको चलाउँदै आएकाहरुलाई निशुल्क खाना वितरण गर्दै आएको छ । बन्दाबन्दीको दिन लम्बीदै जाँदा दैनिक ज्याला मजदुरी गरेर जिविक चलाउँदै आएकाहरुलाई ए्क माहिनका लागि निःशुल्क खाना वितरण गरिएको गुम्बाका अध्यक्ष वोङ्छु थुप्तेन लामाले बताउनु भयो ।

कोरोनाको विचमा गरिव तथा मजदुरहरु भोकै बस्नु नपरोस भनेर काठमाडौका विभिन्न स्थानमा गएर खाना वितरण गर्ने गरिएको उहाको भनाई छ । काठमाडौँको नयाँबस्ती, सिमाल्टार, र पशुपति लगायतका स्थानमा खाना वितरण गरिएको छ । हरेक दिन ६ सयदेखि ७ सय जनालाई खाना खुवाउने गरिएको छ । हरेक दिन विहान १० बजेदेखि १२ बजेसम्म खाना खुवाउने कार्यक्रम रहेको गुम्बाका महासचिव आचार्य पासाङ वोङ्दु लामाले बताउनुभयो ।

निषेधाज्ञाले रोजीरोटी गुमेपछि उनीहरु कुन सामाजिक संस्थाले खाना देला भनेर सडकमा आउन बाध्य बन्न थालेको बताउछन् । चोक र पाटीमा भौँतारिएकाहरु राहत बाड्नेहरुसंग निर्भर रहनु परेको छ । उनीहरू बिहान बेलुकीको छाक टार्नै धौ–धौ भएको बताउछन् ।

निषेधाज्ञा कहिले खुल्छ निश्चित छैन । सामाजिक संस्थाहरुको एक्लो प्रयासले कतिदिन थेक्न सक्छ त्यो पनि निश्चित छैन । सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको गुम्बाले विभिन्न १० जिल्लामा कोभिडको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री/उपकरण सहयोग गरि सकेको छ ।