Breaking

प्रत्येक्षतर्फ आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अघि बढ्यो,


काठमाडौँ — महिलाहरु समानुपातीक निर्वाचन तर्फ आकर्षित भएको भन्दै प्रत्यक्ष निर्वाचनमा सहभागि गराउन सांसद हरुले माग गरेका छन् । प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०÷५० प्रतिशत महिलाले उम्मेदवारी दिने व्यावस्था गर्न माग गरीएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढेको छ । लगत्तै बैठकमा बोल्ने सांसद्हरुले यही विषयमा आ आफ्नो धारणा राखेका छन् ।

अधिकांश सांसदहूरुले निर्वाचन प्रणालीमा नै प्रश्न उठाएका छन् । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताइन् । अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको उनको गुनासो छ ।

प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०÷५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी रहेको उनको भनाइ छ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने माग गरे । सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गरे ।

त्यस्तै, नेपाली काँग्रेसकी सांसद रंगमती शाही महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको बताउँछन् । प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउन उनको माग छ ।

त्यस्तै, नेकपा (एमाले) की सांसद विन्दा पाण्डे पनि अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गर्छीन् ।आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानून मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले महिलालाई हेला नगर्न चेतावनी दिइन् ।

कतिपय सांसद हरुले अहिलेको निर्वाचन प्रणालीमा नै प्रश्न उठाएका छन् । निर्वाचन प्रणाली भड्किलो र महंगो भएको उनीहरुको गुनासो छ । अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको केहि सांसदको गुनासो छ ।