समाचार

भायानेट मिनी प्याकः प्रतिमहिना ८०० मा ७५ एमबीपीएस र टिभीको मज्जा


काठमाडौँ – भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यस अफर मार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटको साथ९साथै मनोरञ्जनात्मक च्यानलहरू, दुवैको मज्जा लिन सक्नेछन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि रु ८०० प्रति महिनामा यो अफरको लाभ लिन सक्नेछन् ।

यसबाहेक भायाटिभी को सेट(उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ । जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ। अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो, जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ ।

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ । भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।