राजनीति

प्रतिनिधिसभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि नेकपा (एमाले) ले अवरोध कायमै राखेको छ ।

अनुरोधका बीच पनि एमालेले आफ्नो विरोधलाई जारी राखिराखेपछि सभामुखले कर्मकाण्डी तरिकाले सदनअघि बढाए । विरोधकाबीच सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए भने कानून मन्त्रीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरे ।

त्यस्तै सभामुखले नै बिरामी भइ उपचाररत रहेका कारण सदनका १३ बैठकसम्म अनुपस्थित रहेकाहरुको सूचना पढेर सुनाएका छन् । लगत्तै उनले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगन गरे ।