राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गर्ने कार्यसूची रहेको छ । साथै शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।